अन्तर्राष्ट्रिय तामाङ परिषद्को संक्षिप्त परिचय


विश्वका विभिन्न देशमा तामाङ भाषा, लिपि, धर्म र संस्कृति अवलम्बन गर्दै बसोबास गरिरहेका समस्त तामाङ जातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक सम्मुन्नतिका लागि सामुहिक र संगठित रूपमा योगदान दिन आ–आफ्नो देशमा संगठन निर्माण गरी क्रियाशील रहँदै आएका तामाङ संघ/संगठनहरूलाई समन्वय गर्दै उनीहरूको हक–अधिकार एवम् विशिष्ट मौलिक पहिचानको रूपमा रहेका भाषा, लिपि, संस्कृति आदिको संरक्षण, सम्बर्धन तथा तामाङ समुदायको साझा सवालमा नीति निर्माण, नेतृत्व विकास र उनीहरूको मानव अधिकारको प्रत्याभुतिको लागि सक्रिय रहँदै दिगो विकासमा समेत एकअर्काबाट सिक्दै तामाङ समाजको बृहत्तर हितमा सशक्तिकरण र जागृति फैलाउनका खातिर साझा मञ्चको रूपमा सन् २००२ मा अन्तर्राष्ट्रिय तामाङ परिषद् गठन गरिएको हो ।