सदस्य संस्थाहरु


संस्थापक सदस्य

अन्तर्राष्ट्रिय तामाङ परिषदले आयोजना गरेको पहिलो अन्तराष्ट्रिय तामाङ सम्मेलनमा एक देश एक संस्थाको प्रतिनिधित्वको आधारमा सम्बन्धित देशहरुबाट प्रतिनिधित्व गरी भाग लिने राष्ट्रियस्तरको तामाङ जातिको सामाजिक संस्थाहरु परिषदको संस्थापक सदस्य मानिनेछन् । थाइल्याण्ड, भारत, बर्मा, भुटान, हङकङ, अमेरिका, अष्ट्रेलिया र नेपालबाट प्रथम सम्मेलनमा प्रतिनिधित्व गरेका संस्थाहरु संस्थापक सदस्यहरु हुन् ।

 

स्थायी सदस्य

कुनै पनि देशको स्थाई नागरिक भई न्यूनतम तीन पुस्ता (एक पुस्ताको २५ बर्षका दरले ७५ बर्ष) भन्दा पहिला देखि त्यस्तो देशमा स्थाई बसोबास गर्ने तामाङ जाती रहेको देशको यस परिषदको राष्ट्रिय/संस्थापक सदस्य संस्थाहरु हुन् । नेपाल, भारत, बर्मा, भुटान र थाइल्याण्डका राष्ट्रिय संस्थाहरु स्थायी सदस्यहरु हुन् ।

 

राष्ट्रिय सदस्य

तामाङ जाति र समाजको हकहितका लागि स्थापित राष्ट्रियस्तरको सामाजिक संस्थालाई राष्ट्रिय संस्था मानिनेछ ।
तर, कुनै पनि देशको एक संस्था परिषदको राष्ट्रिय/स्थायी सदस्यता कायम नै रहेको अवस्थामा त्यस्तो देशको अर्को संस्थाले परिषदको राष्ट्रिय सदस्यता प्राप्त गर्न सक्ने छैन । सम्बन्धित देशको कानुन अनुसार दर्ता भएको र कुनै पनि स्थायी सदस्य संस्थासँग आबद्ध वा शाखा संस्था नरहेको प्रवास स्थित संस्थाहरु राष्ट्रिय संस्था हुन् ।

 

सम्बन्धन सदस्य

तामाङ जाति र समाजको हकहितका लागि स्थापित कुनै पनि राष्ट्रियस्तरमा र्कायरत विषयगत सामाजिक संस्था हुनु पर्नेछ ।
प्रवाशमा रहेका तामाङ जाति र समाजको हकहितका लागि कृयाशिल संस्थाको हकमा त्यस्तो देशमा प्रवाशी जीवन विताई रहेका तामाङ समुदायको हक हितका लागि स्थापित कुनै पनि सामाजिक संस्था हुनु पर्नेछ । कुनै पनि स्थायी सदस्य संस्थामा आबद्ध रहेको वा शाखा संस्थाको रुपमा क्रियाशील प्रवास स्थित राष्ट्रिय संस्थाहरु सम्बन्धन सदस्यहरु हुन् ।