चौथो सम्मेलन


सन् २०१८ डिसेम्बर १४ – १६ मा चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन भारतको दार्जिलिङ, मिरिकमा सम्पन्न भयो । विश्वका तामाङ एक हौ, तामाङ संस्कृतिलाइ समृद्ध पारौ भन्ने मूल नाराका साथ सम्पन्न यस सम्मेलनमा संसारभरिका विभिन्न १८ मुलुकका प्रतिनिधिहरू सहभागी थिए । उक्त सम्मेलनले तामाङ विश्व र भावी कार्यक्रम पारित गर्दै श्री के. एम. तामाङज्यूको अध्यक्षतामा अन्तर्राष्ट्रिय तामाङ परिषद् गठन गरियो ।