पहिलो सम्मेलन


१९–२२ डिसेम्बर, २००२ मा प्रथम अन्तर्राष्ट्रिय तामाङ सम्मेलन संसारभरिका तामाङ एक हौ, अन्तर्राष्ट्रिय साझा मञ्च निर्माण गरौ भन्ने मूल नाराका साथ नेपालको राजधानी काठमाडौंमा सम्पन्न भयो । यस सम्मेलनबाट तामाङ जातिको स्व–विकासको अवधारणा पारित गर्दै श्री परशुराम तामाङज्यूको अध्यक्षतामा अन्तर्राष्ट्रिय तामाङ परिषद् गठन गरियो । उक्त सम्मेलनमा नेपाल, भारत, बर्मा, भुटान, हङकङ, अमेरिका, अष्ट्रेलिया र थाइल्यान्ड गरी विभिन्न ८ देशका प्रतिनिधिहरू सहभागी थिए ।