
सन् २०१३ मार्च १६–१८ मा तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन काठमाडौंमा सम्पन्न भयो । विश्वभरिका समस्त तामाङहरू एकजुट हौ, तामाङ पहिचान र संस्कृति प्रवद्र्धनका लागि सम्पूर्ण ध्यान केन्द्रीत गरौ भन्ने मूल नाराका साथ सम्पन्न यस सम्मेलनले १५ वर्षे अभियानमुलक रणनीतिक योजना र तामाङ आन्दोलनको अन्तर्राष्ट्रिय आयामः समिक्षा र भावी कार्यदिशा पारित गर्याे । संसारभरिका विभिन्न मुलुकबाट झण्डै ८०० जना प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनबाट श्री महेन्द्रजंग तामाङज्यूको अध्यक्षतामा अन्तर्राष्ट्रिय तामाङ परिषद् गठन गरियो ।