दोस्रो सम्मेलन


सन् २००५ को डिसेम्बरमा दोश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन भारतस्थित पश्चिम बंगालको दार्जिलिङमा सम्पन्न गरियो । दोश्रो सम्मेलनले तामाङ जातिको इतिहासमा सबै तामाङ समुदायलाई संगठित गर्दै तामाङ समुदायको विकास एवम् सशक्तिकरणको लागि २० वर्षे तामाङ विकास योजनाको अवधारणा पारित गरियो । यस सम्मेलनले विश्वभरिका तामाङ समुदायका लागि तामाङ विकास कोषको स्थापना, तामाङ शब्दकोष निर्माण र साझा मान्यताको विकास गर्ने सन्देश दिएको थियो ।