
अन्तर्राष्ट्रिय तामाङ परिषद्को प्रथम युरोप क्षेत्रीय सम्मेलन सन् २०२० फरवरी ०७ तारिखको दिन बेल्जियमको राजधानी ब्रसेल्समा सम्पन्न भयो । सम्मेलनको व्यवस्थापन तामाङ समाज बेल्जियमले गरेको थियो । उक्त सम्मेलनमा बेल्जियम, बेलायत, पोर्चुगल, स्पेन, जर्मनी, नोर्वे लगायत देशहरुमा क्रियाशील तामाङ राष्ट्रिय संस्थाका प्रतिनिधिहरुले भाग लिएको थियो । उक्त सम्मेलनले श्री बि बि लामाको अध्यक्षतामा श्री शुशिल लामा सचिव रहेको १७ सदस्यीय युरोप क्षेत्रीय समिति गठन गरियो ।