पहिलो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन काठमाडौं घोषणा–पत्र

https://www.tamangcouncil.org/wp-content/uploads/2020/02/first-tamang-conference-e1674146994575-770x450.jpg

पहिलो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन डिसेम्बर, १९–२०, २००२ काठमाडौंमा विश्वका विभिन्न मुलुकबाट सहभागी भएका हामी तामाङ जाति र संघसंस्थाहरुका सम्पूर्ण प्रतिनिधिहरु,
१. हाम्रा ताम्बाहरुले प्रस्तुत गरेका गौरवशाली तामाङ इतिहास र हाम्रा पूर्वजले भविष्यको यात्राको लागि देखाएको बाटोको हामी ती पूर्खाका स्वाभिमानी सन्तीतको रुपमा एकसाथ स्मरण गर्दै,
२. यस हिमाली भूभागको ताम्सालिङ हामी सबैको साझा मूल थलो भएको र यहीबाट हामी आदिवासीहरु एसियाका विभिन्न ठाउँमा राज्य सीमा निर्धारित हुनु अगाडि नै फैलिएको तथ्यलाई पुष्टि गर्दै र यो मातुभूमि जहाँ हाम्रा पुर्खाले जीवन विताए, हाम्रा देवीदेवताले बास गरे, जहाँ हाम्रा काइरन, र गाथाहरु जन्मियो र इतिहासको सिर्जना भयो, जसले हाम्रो भौतिक, सांस्कृतिक अस्तित्वलाई संरक्षण ग¥यो र जहाँबाट हामील्े खाना तथा औषधिमूलो प्राप्त ग¥यौ र जहाँ हामील्े आफ्नो भाषालाई हुर्कायौ, चाड र उत्सवहरु मनायौ, यो मातृभूमि जहाँ हामी जन्म्यौ, बाँच्यौ र जहाँ भविष्यको लागि चिनो छाडेर जानेछौ, लाई सम्मान गर्दै,
३. हाम्रो मानवीय प्राकृतिक र आध्यात्मिक पक्षहरुबीच पारस्परिक सम्बन्ध, कैयौ सहस्राब्दीदेखिको हाम्रो मातृभूमिसँगको सम्बन्धले विकसित तथा परिस्कृत दिगो समाज र आउँदो पुस्ताका लागि शान्ति, समानता र न्याय कायम गर्ने हाम्रो दायित्व प्रतिविम्बित गर्ने आफ्नो विशिष्ट तामाङ विश्वदृष्टिकोणलाई पुनर्पुष्टि गर्दै,
४. तामाङ बौद्धधर्म, बोम्बोवाद र ताम्बावादको अपूर्व समिश्रण भएको तामाङ संस्कार र हाम्रो भाषा, लिपि, कला, लोकसंस्कृति, गीत, संगीत जस्ता मूर्त र अमूर्त सांस्कृतिक सम्पदानमा तामाङ सभ्यता र साांस्कृतिक सम्पदा गहिरोसँग जोडिएको कुरा आत्मसात् गर्दै,
५. तामाङ भाषा सृष्टिको शुरुवातकालदेखि नै हाम्रा पूर्खाको आवाजको रुपमा रहेको, हाम्रो जाति र अस्तित्वको आत्मा झैँ बसेको र पुस्तौपुस्तासम्म हाम्रो सांस्कृतिक परम्परालाई बढाउने माध्यम रहेको तथ्यलाई स्वीकार गर्दै,
६. तामाङ संस्कृतिले तामाङ महिलाहरुलाई उच्च र सम्मानित स्थानमा राख्दै तामाङ समाजको उत्थानमा उनीहरुको योगदान र दायित्वको उच्च कदर गर्ने र दाजुभाई र चेलीबीच पारस्परिकता, आपसी सहयोग र समताको मूल्यलाई बढावा दिने कुरालाई अवलम्बन गर्दै,
७. ताम्बा परम्पराबाट विकसित वर्तमान तामाङ सेलो, डम्फू, टुङ्नाको गीत र संगीत हाम्रो जातिको पहिचान र संस्कृतिको अभिन्न अंग भएको, नयाँ पुस्तामा आफ्नो धर्म, इतिहास र मूल्य मानयता साथै शिक्षा र चेतनाको प्रसारण गर्ने माध्यम भएको र यो हाम्रो सौन्दर्य बोधको अभिव्यक्तिसमेत भएको कुराप्रति गर्व गर्दै,
८. विश्वको विभिन्न मुलुकमा बसोबास गर्ने सम्पूर्ण तामाङजन जसले हाम्रो सामूहिक सम्पन्नताको लागि दिलोज्यानले काम गरे, जसले तामाङ महिला र पुरुषबीचको आपसी सहयोगमा आफ्नो अधिकार र उन्नतिको लागि संघर्ष गरे, उनीहरुबीच ऐक्यबद्धतालाई सम्मान गर्दै,
९. नेपालमा र संसारभरि छरिएर रहेका तामाङ समुदायमा निहीत आफ्नो सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक र राजनैतिक विकासको लागि आफैले जिम्मेवारी बहन गर्ने हौसलाप्रति अपार खुशी र आशा व्यक्त गर्दै,
१०. नेपाली राज्य लगायत अन्य मुलुकहरुमा सत्ताधारीहरुले तामाङ जातिमाथि सिलसिलाबद्ध तरिकाले भेदभाव र शोषण गरेको ऐतिहासिक कटु यथार्थ र त्यसको नतिजास्वरुप तामाङ जातिले व्यहोर्नु परेको दुर्दशापूर्ण अर्थतन्त्र, राजनैतिक दमन, धार्मिक बहिष्करण, सामाजिक अपहलना, मूल थलोबाट विस्थापन, निर्वासन र सांस्कृतिक सीमान्तकरणलाई मनन गर्दै,
११. तामाङ जातिले सदैव आफ्नो स्वतन्त्रता, स्वशासन र सार्वभौमता कायम राख्दै आफ्नो सांस्कृतिक अधिकारको प्रवद्र्धन गर्ने, सामाजिक तथा आर्थिक उन्नति गर्ने र राष्ट्रिय र अन्तर्राष्ट्रिय बहुसांस्कृतिक समाजमा शान्तिपूर्ण सहअस्तित्वमा बाँच्ने प्रणलाई जोड दिँदै,
१२. एक्काइसौ शताब्दीले अगाडि सारेका चुनौतीहरुलाई सामना गर्न तामाङ जातिले आफ्नो समाजभित्र र अन्तर्राष्ट्रिय स्तरमा क्रियाशील रहने कटिबद्धतालाई दोहो¥याउँदै र यो क्रियाशील रहने नैतिक जिम्मेवारी भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै,
१३. अन्तरनिर्भरता निरन्तर बढ्दै गएको आजको विश्वको नागरिकहरुको हैसियतले अत्यधिक भूमण्डलीकरणले हामी तामाङ जाति समुदायलाई पार्दै लगेको संकट निवारण गर्दै नयाँ विश्व परिस्थितिमा सौहार्द र स्वतन्त्रतापूर्वक बाँच्ने आफ्नो स्थान सुरक्षित राख्न गर्नुपर्ने संघर्षको ऐतिहासिक जिम्मेवारीलाई स्वीकार गर्दै, दृढ संकल्प र सर्वसम्मतिपूर्वक हामी निम्न प्रतिबद्धताहरुको घोषणा जारी गर्दछौ ।
१४. तामाङ जाति विशेषगरी महिला र बालबालिकाहरुको अधिकार र हितको निम्ति तामाङ पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने, जुन पहिचान हाम्रो आफ्नो हो, जसले हामीमा अगाध जातिबन्धु र नागरिकताको भावना जागृत गराउँदछ त्यो पहिचानको राष्ट्रिय र अन्तर्राष्ट्रिय भविष्यप्रति सामूहिक रुपमा जिम्मेवार रहने ।
१५. तामाङ संस्कृति (रिमठिम), भाषा (तामाङ ताम), लिपि (तामयिग), तामाङ बौद्ध धर्म, संस्कृतिका खम्बाहरु, बोम्बोवाद र ताम्बावाद, भेषभूषा (गोइलो र ग्यान्छा) र हाम्रो विशिष्ट पहिचानका सम्पूर्ण जीवन पद्धति र निधिहरुको सम्मान गरी त्यसलाई अझै मुखरित गर्ने ।
१६. सम्बन्धित सरकारलाई आआफ्नो देशमा प्रजातान्त्रिक अधिकारको स्थापना गर्न र विश्व मानव अधिकार घोषणापत्र तथा अन्य अन्तर्राष्ट्रिय कानुनहरुबाट प्रदत्त मौलिक अधिकार र स्वतन्त्रताप्रति तत्काल प्रतिबद्धता जाहेर गरी तिनको कार्यान्वयन गर्न अपील गर्ने ।
१७. आफ्नो आत्मनिर्णयको अधिकार, परम्परागत सम्प्रभुता तथा आफ्नो भूमिमाथिको अधिकार, प्राकृतिक स्रोतमा स्वामित्व र वातावरणीय संरक्षण र विकासको जिम्मेवारी लिन र अधिकारको उपयोग गर्न तामाङ जातिलाई सशक्तिकरण गर्ने ।
१८. नेपाल लगायत अन्य मुलुकहरुका सरकारलाई राज्यले तामाङ जातिमाथि विगतमा अन्यायपूर्ण तवरले पु¥याएको ऐतिहासिक क्षतिको स्वीकारोक्तिको लागि उदारता, गरिमा र बहादुरी दर्शाउन र यो ऐतिहासिक क्षतिको क्षतिपूर्तिको लागि अविलम्ब कदम उठाउन अपील गर्ने ।
१९. सम्पूर्ण राज्य, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संघसंस्थाहरु, नागरिक समाजहरुलाई तामाङ जातिको नागरिकता, राष्ट्रियता, सहभागिता र संस्कृतिमाथिको अधिकार जुन विश्वव्यापी, अभिवाज्य र स्वतन्त्र रहँदै मौलिक अधिकारको अभिन्न अंग रहेको छ तिनलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय मानव अधिकारका कानून बमोजिम तिनको कार्यान्वयन गर्न वकालत गर्ने ।
२०. सरकारी नोकरी, राजनैतिक ओहदा, शिक्षा, रोजगार तथा नागरिक समाजमा आदिवासीको रुपमा सबै सम्बन्धित राज्यले तामाङ जातिको लागि विशेष आरक्षणको व्यवस्था गरियोस् भन्ने माग दोहो¥याउने ।
२१. विश्वभरका तामाङ केन्द्रहरु र समाजलाई सजीव र गतिशील बनाई गोलाद्र्धका सम्पूर्ण तामाङ जाति र सभ्यतालाई ऐक्यबद्ध पार्न क्रियाशील रहने ।
२२. तामाङ जातिले आफ्नो भविष्य र अन्तर्राष्ट्रिय जगतमा आफ्नो जातिगत पहिचानको रक्षाको निम्ति गर्ने निर्णयहरुलार्य मान्यता दिन, सम्मान गर्न र समर्थन गर्न सम्पूर्ण राज्य तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई आह्वान गर्ने ।
२३. तामाङ जातिको समाज, विभिन्न संगठनहरु, तिनका प्रतिनिधिहरु तथा विशेष गरी नेपाल तामाङ घेदुङद्वारा ताम्सालिङ लगायत विश्वमा शान्ति र विकास स्थापनाको प्रयासलाई दह्रो समर्थन गर्ने ।
२४. विशुद्ध प्रजातान्त्रिक प्रक्रियाबाट तामाङहरुले आफ्नो संस्कृति जसले हाम्रो समाजको आध्यात्मिक, भौतिक, बौद्धिक र भावनात्मक पक्षहरु र कला, साहित्य, बाँच्ने शौली, मूल्य मानयताहरु, परम्परा र विश्वासलाई समेट्दछ त्यसको जगेर्ना गर्न विश्वभरिका सम्पूर्ण तामाङ संघ संगठनहरुलाई समन्वय गरी कार्य गर्ने प्रतिज्ञा गर्ने ।
२५. राजनैतिक दल, राज्य सीमा र साँघुरो राष्ट्रियताभन्दा माथि हामीहरु पहिला तामाङ जातिको रुपमा आबद्ध छौ भन्ने विश्वास जाहेर गर्दै एकत्रित रुपमा आफ्नो भविष्य निर्माण गर्ने साझा लक्ष्यमा संसारको जुनसुकै ठाउँमा भएपनि मन, वचन र कर्मले लाग्ने अठोट गर्ने ।
२६. परम्परागत राज्य साँध सिमानाको घेरालाई नाघेर विश्वभरका सम्पूर्ण तामाङहरुको आपसी सम्बन्धलाई बलियो पार्दै यस्तो तामाङ भूमिको निर्माण गर्ने जुन भूमिमा सबै तामाङले भावनात्मक रुपले ताम्सालिङ महसुस गर्न सकुन् र जुन विश्व संजालले तामाङको सम्पूर्णताको रक्षा र प्रवद्र्धन गर्न समर्थ होस् भन्ने कुरामा सम्पूर्ण तामाङ अगुवाहरु र संगठनहरुलाई काम गर्न निमन्त्रणा गर्ने ।
२७. संसारभरिका तामाङहरुलाई ऐक्यबद्ध पार्ने पुल वा मञ्चको रुपमा काम गर्दै सबैलाई र्आिक तथा सामाजिक विकास, संस्कृति, धर्म, भाषा, शिक्षा, स्वास्थ्य, वातावरण, मानवअधिकार, द्वन्द्व व्यवस्थापन जस्ता विश्वभरिका तामाङ जातिसँग सरोकार राख्ने विषयहरुमा काम गर्न, अवधारणाहरुको विकास गर्ने, नीति र कार्यक्रमहरुको निर्माण र स्रोत जुटाउन र ती कामको लागि क्षमता अभिबृद्धि गर्न एउटा अन्तर्राष्ट्रिय तामाङ परिषद्को स्थापना गर्ने निर्णय गर्ने ।
पहिलो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन काठमाडौंमा विश्वका विभिन्न मुलुकहरुबाट सहभागी भएका हामी तामाङ जाति र संघसंस्थाहरुको सम्पूर्ण प्रतिनिधिहरु यो घोषणापत्रमा जाहेर भएका प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्न निम्न कार्य योजना पारित गर्दछौ ।
२८. हाम्रो आध्यात्मिकता र विश्व दृष्टिकोणसँग सम्बद्ध परम्परागत बुद्धिविवेकका रक्षकहरुको रुपमा रहेका हाम्रा गान्बा तथा रिमठिमका जानकारहरु लामा, ताम्बा र बोम्बोको भूमिकालाई अझै सवलिकृत गर्ने ।
२९. हाम्रो वातावरण, भूमि र समुदायको दिगो व्यवस्थापनको आधारको रुपमा रहेको हाम्रो परम्परागत नियम, प्रथा र संगठनहरुको संरक्षण गर्ने ।
३०. विगत दशकभित्र नेपाल, भारत, भुटान तथा अन्य विभिन्न मुलुकमा चलिरहेको द्वन्द्व र हिंसात्मक युद्धबाट तामाङ जातिको जनजीवन तहसनहस हुन पुगेको र युद्धको मारमा हाम्रा कैयन् बालबालिका टुहुरा हुन परेको, बृद्धहरु सहाराविहीन हुनुपरेको, हाम्रो जीविकाको आधार रोजगारी खोसिएको स्थिति, समाज भय र विखण्डनको संघारमा उभिन पुगेको अवस्थामा हामी युद्धरत सबै पक्षलाई वार्ता र शान्ति स्थापनाका लागि आह्वान गर्ने ।
३१. तामाङ जातिको रुपमा आफ्नो गौरव, गरिमा र रिमठिमलार्य आउादो पुस्तामा हस्तान्तरण गरी भावी पुस्ताको उज्वल भविष्यको लागि अन्तर–पुस्ता सहयोगको वातावरण सिर्जना गर्ने ।
३२. राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा आफ्नो आवज र सरोकारहरु बुलन्द पार्न तामाङ महिला, युवा, कलाकार, कानुनविद् तथा विद्यार्थी संगठनहरुलाई सशक्त बनाउन टेवा पु¥याउने ।
३३. तामाङ संस्कृतिको धरोरहको रुप्मा रहेको गीत र संगीतको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्दै त्यसलाई संरक्षण र सम्वद्र्धनका साथै परिष्कृत र परिमार्जन गरी तामाङ सांस्कृतिक पहिचान र त्यसको चेतनाको विकासमा योगदान पु¥याउने ।
३४. तामाङ पहिरन र गहना, बोलिचाली र संस्कारका विविध पक्षमा हाम्रो समाजभित्रको बहुलताको कदर र संरक्षण गर्दै सामूहिक सम्मान प्रदान गर्दै जाने ।
३५. बालबालिका र महिलाविरुद्ध भइरहेको बालश्रम, बालयौन शोषण, महिला बेचबिखन, बाल सैनिक, बाल मृत्यु, दण्ड र अन्य सबै प्रकारका शोषण र अन्यायको तत्काल बन्द गर्न आह्वान गर्ने ।
३६. परम्परागत ज्ञान प्रणाली, संस्कृति र जैविक विविधताको दिगो व्यवस्थापनबाट मानवीय र वातावरणीय संरक्षण र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी आदिवासी तामाङ महिलाहरुको अधिकारको लागि वकालत गर्ने र जमिन, स्रोत, शिक्षा तथा अन्य सेवाको न्यायपूर्ण र समतामूलक पहुँचको लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय शासन र नेतृत्व संरचनामा तामाङ महिलाको सहभागिता सुनिश्चित गर्ने ।
३७. हाम्रा ऐतिहासिक, पुरातात्विक, मृत्यु संस्कार, चाडपर्व, मेला र अन्य पवित्र स्थलहरुको संरक्षण र विकास गर्न र त्यसको लागि पर्याप्त बजेट छुट्याउन सम्पूर्ण सरकारहरुसँग माग गर्ने ।
३८. परम्परागत ज्ञान र सीपको प्रयोगलाई निरन्तरता दिने र सांस्कृतिक र जैविक विविधता संरक्षणका लागि हाम्रा यी वैयक्तिक तथा सामूहिक बौद्धिक सम्पत्तिको रक्षा र विस्तार गर्ने ।
३९. हाम्रा परम्परागत स्वास्थ्य प्रणाली (बोम्बो तथा जडिबुटी प्रयोगसमेत) लाई संरक्षण र सवलिकरण गर्ने, निरन्तर उपयोग गर्ने र हाम्रा स्वास्थ्य कार्यक्रमलाई मान्यता प्रदान गर्न आर्थिक सहयोग उपलब्ध गर्न माग गर्ने ।
४०. समानताको मूल्यमा आधारित हाम्रो सांस्कृतिक परम्परालाई सवलीकृत, विकास र नयाँ शक्ति प्रदान गर्न र सबै तहका शिक्षा प्रणालीमा जोड दिने र तामाङ भाषा र तामयीग लिपिमा विद्यालयमा शिक्षा दिन र यसलाई सरकारी प्रयोगमा ल्याउन जोडदार माग गर्ने ।
४१. द्वन्द्व व्यवस्थापनका हाम्रा परम्परागत प्रणालीको क्षमता अभिबृद्धि गर्ने र यातना, बलत्कार, हिंसा जस्ता मानव अधिकार हननका विभिन्न सवाललाई सम्बोधन गर्न परम्परागत अगुवाहरुको भूमिकालाई सवल पार्ने ।
४२. यो घोषणापत्र र कार्ययोजनाको कार्यान्वनयका लागि एउटा संगठनात्मक संरचनाको स्थापना गर्ने जसले अनुसन्धान, योजना, सूचना आदानप्रदान, वैज्ञानिक तथा प्राविधिक सयोगबाट सबैको क्षमता अभिबृद्धि गर्ने र त्यसको लागि आवश्यकता अनुसार समितिहरुको निर्माण गर्ने ।